मतदानको समय सकिए पनि लाइनमा लागेकाले भोट दिन पाउने

काठमाडौं - स्थानीय तह निर्वाचनअन्तर्गत आज बिहान सात बजेबाट सुरु भएको मतदान अहिले साँझ ५ बजे सकिएको छ ।

मतदाता गर्ने समय सकिए पनि लाइनमा लागेका वा मतदान स्थलभित्र प्रवेश गरिसकेका मतदाताले भने ५ बजेपछि पनि मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

देशभरका ७५३ वटा स्थानीय तहमा आज एकैदिन निर्वाचन भएको हो । निर्वाचन आयोगका अनुसार ताप्लेजुङ, खोटाङ, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, नुवाकोट, काठमाडौं, काभ्रे, मकवानपुर, रौतहट, बारा, दाङ, कालिकोट, हुम्लालगायतका जिल्लाका विभिन्न मतदान केन्द्रमा मतदान अवरुद्ध भएको छ ।

यी जिल्लाहरुमा झपड र विवाद भएपछि मतदान प्रक्रिया रोकिएको हो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×