टी–२० विश्वकप आजदेखि : उदघाटन खेलमा आयोजक अमेरिका र क्यानडा भिड्दै

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता आज (आइतबार) बिहान शुरू हुँदैछ । उदघाटन खेलमा सहआयोजक अमेरिका र छिमेकी क्यानडा बिहान सवा ६ बजे प्रतिस्पर्धामा उत्रँदै छन् ।

समूह ‘ए’ को यो खेल डल्लासको ग्रान्ड प्रेरी रङ्गशालामा हुँदैछ । अमेरिका र वेष्ट इण्डिजको संयुक्त आयोजनामा हुन गइरहेको प्रतियोगिता नेपाली समयअनुसार जुलाई २ मा सकिँदैछ । प्रतियोगितामा २० टोली सहभागी हुँदैछन् ।

आज साँझ सवा ८ बजे सहआयोजक वेष्ट इण्डिज र पपुवा न्यूगिनीबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘डी’ मा रहेको नेपालले भने पहिलो खेलमा जुन ५मा नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश जस्ता टेष्ट राष्ट्र पनि छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×