काठमाडौँ - इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को निराशाजनक प्रदर्शनपछि मुम्बई इन्डियन्सले अर्को सिजनको तयारी सुरु गर्ने भएको छ।
जुलाईमा मुम्बईले आफ्ना ‘अनक्याप्ड’ भारतीय खेलाडीहरूलाई तीन हप्ताको भ्रमणको लागि इंग्ल्यान्ड पठाउने तालिका रहेको छ। इंग्ल्यान्ड भ्रमणमा अभ्यास गर्नुबाहेक मुम्बई टोलीका युवा खेलाडीहरूले शीर्ष काउन्टी क्लब टोलीहरूविरुद्ध कम्तिमा १० टी-२० खेल खेल्ने भएका छन्।
तिलक वर्मा, कुमार कार्तिकेय, रमनदीप सिंह, ऋतिक शोकेन, अर्जुन तेन्दुलकर र दक्षिण अफ्रिकी युवा डेवाल्ड ब्रेभिस भ्रमणमा जाने सम्भावना रहेको छ। मुख्य प्रशिक्षक महेला जयवर्धनासहित मुम्बईका सपोर्ट स्टाफ भारतीय खेलाडीको प्रगति अनुगमन गर्न इंग्ल्यान्ड जानेछन्।
इंग्ल्यान्ड भ्रमणका सम्भावित खेलाडीहरूः
तिलक वर्मा, कुमार कार्तिकेय, ऋतिक शोकिन, मयंक मार्कण्डे, राहुल बुद्धी, बासिल थाम्पी, मुरुगन अश्विन, आर्यन जुयाल, रमनदीप सिंह, अनमोलप्रीत सिंह, आकाश मेधवाल, अरशद खान, अर्जुन तेन्दुलकर, देवाल्ड ब्रेभिस।