काठमाडौँ - कमेडी च्याम्पियन सिजन १ का विजेता हिमेश पन्तले अब नेपाली फिल्ममा डेब्यु गर्दैछन्। निर्देशक मिलन चाम्सले निर्देशन गर्ने भनिएको फिल्म 'वर एण्ड बधु'बाट उनले डेब्यु गर्ने भएका हुन्।
हालै निर्देशक चाम्सले सामाजिक सञ्जालमार्फत हिमेशसँग औपचारीक सम्झौता भएको जानकारी दिएका छन्। उनले हिमेशलाई बधाई दिँदै नेपाली फिल्म क्षेत्रमा स्वागत गरेका छन्।
केमडी र प्रेम कथामा आधारित उक्त फिल्मको छायांकन बैशाखबाट सुरु हुने बताइएको छ। यस फिल्ममा हिमेशसँगै आँचल शर्मा, विवेक कर्माचार्य, किरण केसी, बुद्धि तामाङ, विजय लामा लगायतका कलाकारहरुको अभिनय देख्न सकिनेछ। यो फिल्म एलआर के इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुनेछ।