काठमाडौँ। नयाँ नेपाली चलचित्र ‘मीरा’ को शुभमुहुर्त गरिएको छ। रोशन कुमार श्रेष्ठको निर्देशनमा बन्न लागेको चलचित्रको शुभमुहुर्त २५ जना भन्दा कम मान्छेको उपस्थितिमा गरिएको हो। कार्यक्रम मंगलबार आयोजना गरिएको थियो।
रमेश क्षेत्री, प्रेम बस्याल, रविना केसी, राजु श्रेष्ठ, रजिना अर्याल, सुनील कटुवाल आदि कलाकारहरुको अभिनय रहने चलचित्रलाई द लाइफ एक्सप्रेस मुभि मेकर्स प्रालि तथा मझारे इन्टरटेन्मेटले संयुक्त रूपमा निर्माण गर्न लागेको हो।
गोपाल कार्की र आरोही श्रेष्ठ चलचित्रका निर्माता हुन्। चलचित्रमा प्रेम बस्यालको कथा रहेको छ।