काठमाडौँ - क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडले पुनः उपाधि जित्ने दाबी गरेका छन्। युनाइटेड पुरानो शैलीमा फर्किने बताउँदै फेरि उपाधिकाे हकदार भएकाे उनकाे दाबी छ ।
रोनाल्डाेले क्लबका समर्थकहरुलाई धन्यवाद दिदै युनाइटेड पुरानै अवस्थामा फर्किने र उपाधिहरु जित्ने बताएका हुन्।
क्लबले यस सिजन उत्कृष्ट प्रदर्शन गर्न नसकेपनि रोनाल्डोले युनाइटेडका लागि २४ गोल गरेका छन्। उनले विभिन्न व्यक्तिगत अवार्ड समेत प्राप्त गरेका छन्। उनले युनाइटेडका समर्थकहरुले क्लबको हार र जित दुवैमा क्लबलाई समर्थन गर्ने गरेकोले उनीहरुलाई सम्मान गर्नुपर्ने धारणा राखेका थिए।
पोर्चुगलका लागि १ सय १५ गोल गरेका रोनाल्डाेले गत डिसेम्बरमा आर्सनलविरुद्ध गोल गर्दै खेल जीवनको ८ सय गोल पूरा गरेका थिए। त्यसैगरी मार्चमा टोटेनहमविरुद्ध ह्याट्रिक पूरा गरेपछि उनले फिफाको सर्वाधिक गोलकर्ताको सूचीमा जोसेफ बिकानलाई पछि पारेका थिए।