काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान अनिल गुरुङले फुटबलमा देखिएको विवाद चाँडो टुंग्याउन आग्रह गरेका छन्।पूर्वकप्तान अनिलले शनिबार सामाजिक सञ्जालमार्फत् विवादले फुटबलको हार हुने भन्दै समाधान गर्न अनुरोध गरेका हुन्।
एक पूर्वकप्तानको नाताले यो विवाद छिटो भन्दा छिटो सुल्झाइ खेलाडीलाई खेल्न योग्य वातावरण बनाइ दिनहुन म सम्बन्धित निकायलाई हार्दिक अनुरोध गर्दछु,’ उनले लेखेका छन् ।कुवेतमा हुने एसियन कप–२०२३ को छनोटका लागि तयारी गरिरहेका राष्ट्रिय फुटबल टिमका १० जना सिनियर खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीविरुद्ध विद्रोह गर्दै अभ्यास छाडेका थिए। त्यसपछि प्रशिक्षकले शुक्रबार उनीहरुको स्थानमा अन्य १७ नयाँ खेलाडी बोलाएर प्रशिक्षण थालेका छन्।