किरण नेपालीको 'हात्तीछाप' मा दयाहाङ र सौगात

काठमाडौँ - किरण नेपालीले निर्माण गर्न लागेको फिल्म 'हात्तीछाप' मा अभिनेता दयाहाङ राई र सौगात मल्ल अनुबन्धित भएका छन्।

निर्माण पक्षले केही दिनअघि दयाहाङ राईलाई अनुबन्ध गरेको थियो। अब फिल्ममा सौगात मल्ल पनि अनुबन्धित भएका छन्। सोमबार सौगात र निर्माता किरणबीच औपचारिक सम्झौता भएको हो।

फिल्म ‘२ नम्बरी’ पनि किरण नेपालीले निर्माण गरेका हुन्। योसँगै सौगात र दयाहाङले फेरि एउटै ब्यानरमा काम गर्ने पक्का भएको छ। सौगात र दयाले काम गरेको ‘२ नम्बरी’ले बक्स अफिसमा सुखद कमाई गरेको थियो। 

फिल्ममा दुई अभिनेतालाई अनुबन्ध गरिए पनि अभिनेत्रीको टुंगो लागेको छैन। सिमोस सुनुवारले निर्देशन गर्ने फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन्। फिल्मको छायांकन चैतदेखि सुरु हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×