काठमाडौँ - इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेट र फ्रान्सका राष्ट्रपति एम्यानुयल माक्रोँबीच चाँडै भेटवार्ता हुने भएको छ। उनीहरुका बीचमा मङ्लबार भएको टेलिफोन कुराकानीका क्रममा चाँडै भेट्ने सहमति भएको दुवै पक्षका अधिकारीहरुले जनाएका छन्।
चाँडै भन्नाले कहिले भन्ने टुंगो नलागेको भएपनि दुवै देशका कूटनीतिज्ञहरुले छलफल गरेर समय तय गर्ने जनाइएको छ। उनीहरुले अहिलेको टेलिफोन वार्तामा पनि दुई पक्षीय हित, साझा चासो र सरोकारका विषयसँगै राष्ट्रिय तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय विविध विषयमा छलफल गरेका छन्।
फोन वार्ताका क्रममा इजरायली प्रधानमन्त्री बेनेटले फ्रान्सका राष्ट्रपति माक्रोँलाई पुनः निर्वाचित भएकोमा बधाई दिएका थिए भने माक्रोँले बेनेटलाई धन्यवाद दिएका थिए। आगामी दिनमा सहकार्य बढाउने, सम्बन्ध थप बलियो बनाउने र धेरै कामहरु मिलेर गर्ने उनीहरुले सहमति गरेको अधिकारीहरुले जनाएका छन्।