काठमाडौँ - फ्रान्सलाई हराउँदै जर्मनी महिला युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।
दोस्रो सेमिफाइनलमा बुधबार राति फ्रान्सलाई २-१ गोल अन्तरले हराउँदै ८ पटकको विजेता जर्मनी उपाधि नजिक पुगेको हो।
खेलको ४० औं मिनेटमा पोप्पले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाएकी थिइन्। तर,४४ औं मिनेटमा जर्मनीकी मेर्ले फ्रोह्म्सले आत्मघाती गोल गरेपछि फ्रान्सले १-१ गोलको बराबरी गरेको थियो।
त्यसपछि खेलको ७६ औं मिनेटमा पोप्पले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई २-१ को जित दिलाएकी थिइन्।
अब जर्मनीले उपाधिका लागि घरेलु टोली इंग्ल्यान्डको सामना गर्नेछ।