फिल्म 'अन्तिम संस्कारमा' दिया पुन

काठमाडौँ - निर्देशक प्रदीप शाहीको निर्देशनमा 'अन्तिम संस्कार' नामक फिल्म बन्ने भएको छ। फिल्मको मुख्य भूमिकाका लागि अभिनेत्री दीया पुनलाई अनुबन्धित गरिएको छ। फिल्मको निर्माण समूहले हालै अभिनेत्री पुनसँग लिखित सम्झौता गरेको बताएको छ।

विनोद सुवेदी (खत्री) को निर्माण रहने फिल्ममा दीयासँगै विजय लामा, एवनराज उप्रेती, त्रिचन्द्र राई, विनोद सुवेदी (खत्री), सस्मिता गिरी, श्याम राईलगायतका कलाकारको अभिनय रहने बताइएको छ।

शाही प्रोडक्सन प्रालीको ब्यानरमा सामाजिक कथामा बन्ने फिल्म अबको केही समयपछि छांयाकनमा जाने शाहीले बताएका छन्। उनको निर्देशनमा बनेको पहिलो फिल्म 'गोर्खाः बिनिथ द ब्रेभरी' प्रदर्शनको तयारीमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×