कोरोना सङ्क्रमण बढ्नाले विमानस्थलमा कडाइ

काठमाडौँ । नेपालमा कोरोना सङ्क्रमण दर बढ्दै गएको हुनाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कडाइ गर्न थालिएको छ ।

अनावश्यक भिडभाडले कोरोनाको सङ्क्रमणलाई बढावा दिने भन्दै नागरिक उड्डयन कार्यालयले विमानस्थलमा अनावश्यक भिडभाड नगर्न र स्वास्थ्य सुरक्षा अपनाउन सबैलाई अनुरोध गरेको छ । यसै गरी स्वागत र विदाइकालागि आउँदा भिडभाड बढ्ने भएकाले आफू बच्न र अरुलाई पनि बचाउनका लगि आफन्तजनलाई विमानस्थल नआउन समेत आग्रह गरेको छ । यसै गरि विमानस्थल कार्यालयलाई अति आवश्यक अवस्था बाहेक अन्य अवस्थामा भिजिट पास प्रदान नगर्न समेत नेपाल उड्डयन कार्यालयले अनुरोध गरेको छ । 

यसका साथै आन्तरिक उडान तर्फ पनि यात्रुहरुलाई खोप लगाएको प्रमाणपत्र अनिवार्यरुपमा बोक्न अनुरोध गरेको छ । 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×