जिरुड बने फ्रान्सका लागि गोल गर्ने जेठो खेलाडी

काठमाडौँ - ओलिभर जिरुड फ्रान्सको राष्ट्रिय टिमबाट गोल गर्ने सबैभन्दा जेठो खेलाडी बनेका छन्। बिहीबार मध्यराति भएको नेसन्स लिगको खेलमा ३५ वर्ष ३५७ दिनको उमेरमा उनले अष्ट्रियाविरुद्ध गोल गरेका हुन्।

यसअघि रोजर मार्चेले सन् १९५३ मा स्पेनविरुद्ध ३५ वर्ष २८७ दिनको उमेरमा गोल गरेका थिए। यस्तै जिरुड फ्रान्सेली लेजेण्ड थिएरी हेनरीको बराबरी गर्न २ गोलले पछि छन्। फ्रान्सका सर्वाधिक गोलकर्ता हेनरीले १२३ खेलमा ५१ गोल गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×