सन्दीप लामिछानेको मुद्दा पेशीको पहिलो नम्बरमा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले पुनरावेदन गरेको मुद्दाको पेशी आज (मंगलबार) लाई तोकिएको छ । काठमाडौँ जिल्ला अदालतको फैसला अस्वीकार गर्दै उच्च अदालत पाटनमा दर्ता गराएको मुद्दाको पेशी आजका लागि तोकिएको हो ।

सन्दीप पक्षका अधिवक्ता सरोजकृष्ण घिमिरेले आज सन्दीपको मुद्दा पेसी सूचीको पहिलो नम्बरमै रहेको जानकारी दिए । ‘हाम्रो मुद्दा पहिलो नम्बरमै छ, आज सुनुवाइ हुनेमा विश्वस्त छौँ’, उनले भने । अधिवक्ता घिमिरेका अनुसार अब सन्दीप पक्षमा बहस गर्ने कानुन व्यवसायीको संख्या १२ पुगेको छ । गौशाला २६ लाई बलात्कार गरेको मुद्दामा जिल्ला अदालत काठमाडौँले सन्दीपविरुद्ध ८ वर्षको जेल सजाय सुनाएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×