आजको मौसम पूर्वानुमान

काठमाडौँ - आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले लुम्बिनी  र गण्डकी प्रदेशका केही स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशको पहाडी भूभागका केही  स्थानहरूमा र  बाँकी प्रदेशका थोरै  स्थानहरूमा  चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यी दुई प्रदेशमा राति पनि भारी वर्षाको सम्भावना छ।

भारी वर्षाको सम्भावना रहेका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै खहरे खोलाहरुमा पानीको बहाव बढ्न सक्ने भएकोले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×