भारत। बलिउड अभिनेत्री कंगना रनौत बेला-बेला आफ्नो विवादित टिप्पणीका कारण चर्चामा आउने गरेकी छिन्। केही समयअघि मात्र उनले दीपिका पादुकोणको चलचित्र ‘गहराइयाँ'माथी खरो टिप्पणी गरेकी थिइन्। यतिबेला कंगना आलिया भट्टमाथि जाइलागेकी छिन्।
उनले आलियालाई मूभि माफियाकी छोरी बताएकी छिन्। कंगनाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत बलिउड चलचित्र उद्योग मूभि माफियाको घेराबन्दीमा रहेको टिप्पणी गरेकी छिन्।
आलियाको आउँदो चलचित्र ‘गंगुबाई काठियावाडी’ प्रदर्शनको तयारीमा रहेको छ। यसैबिच कंगनाले यो शुक्रबार २०० करोड भारु बक्स अफिसमा पानीमा मिल्ने बताएकी छिन्। सञ्जय लीला भन्सालीको निर्देशन रहेको ‘गंगुबाई काठियावाडी’मा आलिया र अजय देवगणमुख्य भूमिकामा रहेका छन्।
कंगनाले लेखेकी छन्, ‘बाबु (मूभि माफिया)की परी, जसको साथमा बेलायती पासपोर्ट छ। किनकी, बाबु यो सावित गर्न चाहन्छन् कि रम कम बिंबो अभिनय गर्न सक्छिन्। शुक्रबार आउने फिल्मको सबैभन्दा नराम्रो कास्टिङ छ। यसमा हैरानीको कुरा छैन किनभने अब स्क्रिन हलिउड र साउथतर्फ जाँदैछ।’