काठमाडौँ - इनारमा डुबेर एक वृद्धाको मृत्यु भएको छ।
माडी नगरपालिका–७ किर्तनपुर प्रगतिटोल निवासी ७४ वर्षीया सुकमायाँ रानाभाटको इनारमा डुबेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान घरबाट निस्किएकी रानाभाट अबेरसम्म घर नपुगेपछि उनको खोजी भएको थियो। घर नजिकैको इनारबाहिर चप्पल तथा लौरो भेटिएको र वृद्धा डुबेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
वृद्धाको शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।