दीपिकाको लुगा बारे यसो भन्छिन् कंगना

भारत। विवादकी रानी भनेर चिनिने बलिउड अभिनेत्री कंगना रनौत बिभिन्न कारणले विवादमा आउने गर्छिन्। आफुले दिएको विवादास्पद टिप्पणीका कारण बेला-बेला विवादमा आउने कंगना अब डिजिटल संसारमा पाइला राख्दै छिन्। उनले एलटी बालाजी र एमएक्स प्लेयरले निर्माण गर्न लागेको रियालिटी कार्यक्रम ‘लक अप’ सञ्चालन गर्ने भएकी छिन्।

सोहि कार्यक्रमको जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उनी आक्रोशित भइन्। कार्यक्रममा एक पत्रकारले अभिनेत्री दीपिका पादुकोणले चलचित्र ‘गहराइयाँ’को प्रचारका क्रममा लगाएको लुगाको बारेमा केहि प्रश्न राखेका थिए।

जसले गर्दा कंगना रिसाइन् र भनिन्, ‘म यहाँ ती मानिसहरुको विषयमा बोल्न आएकी हुँ, जो बोल्ने हिम्मत राख्दैनन्। दीपिका आफैँ विवादको विषयमा बोल्न सक्छिन्। उनीसँग चलचित्र प्रमोसन गर्नका लागि थुप्रै प्लेटफर्म छन्। म उहाँ उनको चलचित्रको प्रमोसन गर्न आएकी होइन।’

उनले ‘गहराइयाँ’को पीआर समुहले नै प्रश्न सोध्न लगाएको आरोप पनि लगाइन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×