थाइल्याण्डमा तेस्रो मैत्रीपूर्ण खेल खेल्दै एनआरटी

काठमाडौँ - थाइल्याण्ड भ्रमणमा रहेको नेपालको 'ए' डिभिजन क्लब न्यूरोड टिम (एनआरटी) ले आज बुधबार तेस्रो मैत्रीपूर्ण खेल खेल्दैछ।

प्रि-सिजनको तयारीका लागि थाइल्याण्ड पुगेको एनआरटीले बुधबार थाइल्याण्डको तेस्रो डिभिजनको क्लब थोनबुरी एफसीसँग प्रतिस्पर्धा खेल्ने तय भएको छ। खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजेबाट सुरु हुनेछ।

एनआरटीले यसअघि शीर्ष डिभिजनको क्लब चोनबुरी एफसी र तेस्रो डिभिजनको कासेम बन्डित युनिभर्सिटी एफसीसँग मैत्रीपूर्ण खेलेको थियो। एनआरटी चोनबुरीसँग ९-० र कासेमसँग ५-२ गोल अन्तरले पराजित भएको थियो।

थाइल्याण्ड जानुअघि एनआरटीले मलेसियामा टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबल प्रतियोगिता खेलेको थियो। उक्त प्रतियोगिताका दुवै  खेलमा पनि एनआरटीले हार व्यहोरेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×