काठमाडौँ - चलचित्र निर्देशक समाजले वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मालाई लाइफटाइम अचिभमेन्ट सम्मान प्रदान गरेको छ। शुक्रबार चलचित्र विकास बोर्डमा आयोजित संस्थाको १४ औं साधारणसभामा शर्मासहित अन्य ६ निर्देशकलाई सम्मान गरिएको हो।
भारतको पुनास्थित फिल्म तथा टेलिभिजन इन्स्टिच्युटमा लेखन तथा निर्देशनमा स्नातक उत्तीर्ण शर्माले ‘आधा आकाश’ फिल्मबाट निर्देशन करिअर सुरुवात गरेका थिए।
उनले अहिलेसम्म १३ वटा फिल्म निर्देशन गरेका छन्। सभामा अन्य ६ जना निर्देशक-मदन घिमिरे, केपी पाठक, नरेश पौडेल, ज्ञानेन्द्र देउजा, सुचित्रा श्रेष्ठ र मिलन चाम्सलाई सम्मान गरिएको हो।