क्यान्सरपीडितलाई यातायात खर्च प्रदान

कर्णाली– जनस्वास्थ्य कार्यालय सुर्खेतले चालु आर्थिक वर्षमा जिल्लाका ११० जना क्यान्सर पीडितलाई यातायात खर्च प्रदान गरेको छ। क्यान्सरको उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता रहेकाले कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा प्रतिव्यक्ति रु १० हजारका दरले यातायात खर्च उपलब्ध गराएको जनाएको छ। 

कार्यालय प्रमुख गणेशभक्त गौतमले जिल्लामा क्यान्सरको उपचार नहुने हुँदा पीडितलाई आर्थिक सहयोग पुगोस् भन्ने उद्देश्यले यातायात खर्च प्रदान गरिएको जानकारी दिए। उनका अनुसार चालु आर्थिक वर्षमा उक्त शीर्षकमा रु ११ लाख खर्च भएको छ। ‘आर्थिक अवस्था न्यून भएकाले यातायात खर्च दिने गरिएको छ, अति विपन्न जो पटक/पटक उपचारमा जानुपर्ने हुन्छ त्यस्ता बिरामीलाई दोर्‍याएर दिएका छौँ’, उनले भने, ‘क्यान्सरको उपचारमा लाखौँ खर्च हुने हुँदा कम्तीमा बाटो खर्च उपलब्ध गराउँदा बिरामीलाई धेरै राहत हुन्छ।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×