विश्वकप फुटबलका लागि जापानी टोली घोषणा

काठमाडौँ - यही नोभेम्बर २० देखि कतारमा सुरु हुने पिफा विश्वकप फुटबलका लागि एसियाली महारथी जापानले टोली घोषणा गरेको छ।

मुख्य प्रशिक्षक हाजिमे मोरियासुले मंगलबार विश्वकपका लागि २६ सदस्यीय टोली घोषणा गरेका हुन्। टिममा आर्सनलका ताकेहिरो तोमियसु र ब्राइटनका काओरु मितोमा समावेश छन्। तर, सेल्टिकबाट खेल्ने क्योगो फुरुहाशी र रेओ हाताते भने परेनन्।

यस्तै गेन्की हारागुची र युया ओसाका पनि टिममा अटाउन सकेनन्। दुवैले यसअघि रुसमा भएको विश्वकप खेलेका थिए। प्रशिक्षक मवरियासुले १० खेल भन्दा कम खेलेका नागोया ग्राम्पु, युकी सोमा, दाइजेन माएदा र आयसा उएदालाई भने टिममा समावेश गरेका छन्। यस्तै अनुभवी खेलाडीद्वय माया योसिदा र युतो नागामोतो पनि टिममा छन्।

विश्वकपमा जापान समूह ‘इ’ मा परेको छ। यस समूहमा पूर्व विश्व विजेता जर्मनी र स्पेनसँगै कोस्टारिका रहेका छ। जापानले विश्वकपअघि नोभेम्बर १७ मा क्यानडासँग अबुधाबीमा अभ्यास खेल खेल्नेछ। विश्वकपमा जापानले पहिलो खेल जर्मनीसँग नोभेम्बर २३ मा खेल्नेछ। जापानले कोस्टारिकासँग नोभेम्बर २७ र स्पेनसँग डिसेम्बर १ मा खेल्नेछ।

जापानी टिममा

गोलकिपर- सुइची गोन्डा (सिमिजु एस–पल्स), डानियल स्मिड्ट (सेन्ट–ट्रुइडेन), इजी कावासिमा (स्ट्रासबर्ग)

डिफेन्डर- मिकी यामाने (कावासाकी फ्रोन्टेल), हिरोकी साकाइ (उरावा रेड्स), माया योसिदा (साल्के), ताकेहिरो तोमियसु (आर्सनल), सोगो तानिगुची (कावासाकी फ्रन्टेल), कोउ इताकुरा (बोरुसिया मोन्चेनग्लाडबाच), हिरोकी इतो (स्टुटगार्ट), युतो नागातोमो (एफसी टोकियो), युता नाकायामा (हडर्सफिल्ड टाउन)

मिडफिल्डर- वातारु इन्डो (स्टुटगार्ट), हिदेमासा मोरिता (स्पोर्टिङ), एओ तानाका (फेर्चुना डुसेलडर्फ), गाकु सिबासाकी (लेगानेस), काओरो मितोमा (ब्राइटन), दाइची कामदा (एनट्राट फ्रयांकफर्ट), रित्सु डोआन (फ्रेइबर्ग), जुनाया इतो (रेइम्स), ताकुमी मिनामिनो (मोनाको), ताकेफुसा कुबो (रियल सोसिडाड), युकी सोमा (नागोया ग्राम्पस)

फरवार्ड- दाइजेन माएदा (सेल्टिक), ताकुमा आसानो (बोचुक), आयसे उएदा (सर्कल ब्रुग)

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×