काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । आज अपरान्ह २ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएको हो ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने बताइएको छ।
पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको जानकारी दिएका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो केन्द्रीय समिति बैठकपछि महाधिवेशनमा पराजित तथा निर्वाचनमा उम्मेदवारी नदिएका १३ नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए।
मनोनयनसँगै कांग्रेसमा केन्द्रीय समिति सदस्यको संख्या १४८ जना पुगेको छ। विधानमा कांग्रेस केन्द्रीय सदस्य संख्या १६८ हुने व्यवस्था गरिएको छ ।