सरोज र करिश्माको फिल्म ‘बगान’को गीत ‘उडी छुनु छ आकाश’ रिलिज

काठमाडौँ - सरोज खनाल निर्देशित फिल्म ‘बगान’को गीत ‘उडी छुनु छ आकाश’ रिलिज भएको छ। काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा निर्माताले गीत सार्वजनिक गरेका हुन्।

करिश्मा मानन्धर, मिथिला शर्मा, प्रमिला कार्की भिडियोमा फिचर्ड रहेका छन्। करिश्मा आमाको भूमिकामा प्रस्तुत छिन् भने प्रमिला छोरीको चरित्रमा। हरि लम्सालले संगीत गरेको गीतमा बानिका प्रधानको स्वर र सुरेश वाग्लेको शब्द रहेको छ।

एकल महिलाको संवेदना, छटपटी र खुसीको चाहनालाई गीतमा प्रस्तुत गरिएको छ। फिल्ममा करिश्माका पति विनोद मानन्धर कार्यकारी निर्माताको रुपमा छन्। नीर शाह, बसुन्धरा भुसाल, सरोज खनाल समेत गीतमा चित्रण छन्। लिरिकल शैलीमा बनाइएको भिडियोले फिल्म ‘बगान’को कथावस्तु, पात्रको मनोदशा र द्वन्द्वलाई चित्रण गरेको छ।

अभिनेताको रुपमा स्थापित सरोजले यही फिल्मबाट निर्देशन थालेका छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×