काठमाडौं । सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको शोकमा बिहीबार राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले झन्डा आधा झुकाउने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। बैठकले पाँच सदस्यीय जाँचबुझ आयोग पनि गठन गरेको छ।
बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको छ।कर्णको संयोजकमा गठित समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउने म्याद दिइएको छ।
बुधबार बिहान ११ बजेर ११ मिनेटमा मर्मतका लागि पोखरातर्फ उडान भरेको जहाज त्रिभुवन विमानस्थलको डिलमै दुर्घटना हुँदा १८ जना यात्रुले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा अधिकांश सौर्य एयरलाइन्सकै कर्मचारी छन्।
विमान दुर्घटनामा परेका पाइलट मनिषरत्न शाक्य उपचाररत छन्।