भक्तपुर क्षेत्र नं. २ मा एमालेबाट महेश बस्नेत र निर्मल भट्टराईको नाम सिफारिस

भक्तपुर - आगामी प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचनको लागि भक्तपुर क्षेत्र नं २ मा  नेकपा एमालेबाट पोलिटब्यूरो सदस्य महेश बस्नेत र निर्मल भट्टराईको नाम सिफारिस गरेको छ।

नेकपा एमाले भक्तपुर २ नम्बर क्षेत्रीय निर्वाचन समितिको शनिबार बसेको बैठकले बस्नेत र भट्टराईको नाम प्रतिनिधिसभा उम्मेदवारको लागि सिफारिस गर्ने निर्णय गरेको हो। बस्नेत २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार पूर्वसभामुख दमननाथ ढुंगानालाई दोब्बर मतले पराजित गरेका थिए।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभामा बस्नेतले नै टिकट पाउने सम्भावना रहेको एमाले भक्तपुरका नेताहरु बताउँछन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×