मार्भल फिल्म ‘एन्ट-म्यान एण्ड द वास्पः क्वान्टुमेनिया’को ट्रेलर रिलिज

काठमाडौँ - मार्भल स्टुडियोको आगामी फिल्म ‘एन्ट-म्यान एण्ड द वास्पः क्वान्टुमेनिया’को ट्रेलर रिलिज भएको छ। मार्भल स्टुडियोको यो फिल्ममा एकपटक फेरि एन्ट-म्यान र वास्पतको जोडी देख्न पाइनेछ।

ट्रेलरमा दुवै जना एक एडभेन्चरमा निस्किएका हुन्छन्। स्कट ल्यांग अर्थात् पल रुड र होप व्यान डायने अर्थात् इवांगेलिन लिली दर्शकलाई यसपटक अनौठो दुनियाँमा लिएर जानेछन्। यसै फिल्मका साथ मार्भल सिनेम्याटिक युनिभर्सको फेज-५ को सुरुवात हुने समेत जनाइएको छ।

२ मिनेट १९ सेकेन्डको ट्रेलरमा अनौठो दुनियाँका धेरै कुरा महसुस गर्न सकिन्छ भने कुनै पलमा ‘डक्टर स्ट्रेन्जः इन द मल्टीभर्स अफ म्याडनेस’को समेत याद दिलाउँछ।

पेटन रीड निर्देशित फिल्म ‘क्वान्टुमेनिया’ सन् २०२३ को १७ फेब्रुअरीमा विश्वव्यापी रिलिज हुने तयारीमा छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×