सप्तरी जिल्ला वार एकाइको अध्यक्षमा चौधरी

सप्तरी - सप्तरी वार एकाइको अध्यक्ष पदमा समावेशी प्रगतिशील समूहका रामप्रसाद चौधरी निर्वाचित भएका छन्। 

शनिबार मध्यराति सम्पन्न मतगणना अनुसार उपाध्यक्षमा फुलनारायण यादव, सचिवमा प्रमोदकुमार चौधरी, कोषाध्यक्षमा मनु खनाल र सदस्यहरूमा वीरबहादुर कडारी, वैद्यनाथ चौधरी, उमेशनाथ शरण, राजनारायण यादव र रहमुल मन्सुरी निर्वाचित भए। 

यसैगरी केन्द्रीय पार्षद्मा महेन्द्रप्रसाद देव, केशरलाल खङ्ग, वीरेन्द्रप्रसाद चौधरी, कर्मचन्द्र चौधरी र हेमनारायण चौधरी निर्वाचित भएका छन्। जिल्ला वार एकाइको सहसचिव पदमा समावेशी प्रगतिशील समूहकै किरणकुमारी साह निर्विरोध निर्वाचित भएका छन्। कूल ९७ मतदाता रहेको जिल्ला वार एकाइको निर्वाचनमा ९४ जनाले मतदान गरेका थिए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×