होचा तथा फरक क्षमता भएका सुनारको सगरमाथा चढ्ने साहस

काठमाडौँ - सगरमाथा आरोहणको कीर्तिमान सहजरूपमा सम्भव छैन। सहज हुँदो हो त सगरमाथा शिखर आरोहणको त्यति महत्व पनि हुने थिएन होला। 

निकै कम मानिसले ठूलो साहस र दृढताका साथ सगरमाथा चढेर रेकर्ड कायम गरेको इतिहासका बीच कास्कीका एक होचा र अपाङ्ता भएका व्यक्ति सागर सुनार (विश्वकर्माले) पनि सगरमाथा आरोहणको इतिहास रच्ने प्रयास गरेका छन्। कास्की जिल्लाको मादी गाउँपालिका–११ सातेका सुनारले अहिले सगरमाथा आरोहणको योजना बनाइएको छ। अपाङ्ता भएका व्यक्ति सगरमाथा चढ्नु अकल्पनीय र असम्भव प्रायः ठान्ने गरिए पनि २८ वर्ष, ३.५ फिट उचाइ र ३५ केजी तौलका सुनारले सगरमाथा चढ्ने साहसिक निर्णय गरेर पहिलो प्रयास थालेका छन्। उनले आगामी वैशाखमा राष्ट्रिय झण्डासहित विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने तयारी गरेका छन्। 

फरक क्षमता भएर पनि मनोबल उच्च राखे जस्तोसुकै काम पनि गर्न सकिन्छ भन्ने सन्देश दिनु पनि आफ्नो अभियानको लक्ष्य भएको उनले बताए। उनको शरीरभन्दा टाउको ठूलो छ भने खुट्टाका पाइताला बाङ्गिएका छन्। “सगरमाथामा विश्वका धेरै व्यक्तिले विभिन्न कीर्तिमानी कायम गरिसक्नुभएको छ”, सुनारले भने, “होचो कद र अपाङ्गता भएका एउटै व्यक्तिको कीर्तिमानी कायम गर्ने दाबीका साथ तयारीमा जुटेको छु।”

आरोहणको पूर्वतयारीका साथ दोलखा जिल्लास्थित पाँच हजार ९२५ मिटर उचाइको रामदुङ हिमाल सकुशल आरोहण गरिसकेका सुनारले यतिखेर आर्थिक सहयोग गरिदिनका लागि सबैसँग हार्दिक अपिल गरेका छन्। बाबु दुर्गाबहादुर र आमा कमला सुनारका पाँच भाइमध्येका कान्छा छोरा सुनारले भने दिदी उर्मिला सुनारको साथी कान्छीमाया तामाङ अभियानको प्रेरणाका स्रोत भएको बताए।

कान्छीमाया तामाङ २१ पटक सगरमाथाको सफल आरोहणसहित विभिन्न नौवटा कीर्तिमानी कायम गर्ने पेम्मादोर्जे शेर्पाका श्रीमती हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×