काठमाडौँ– गायक जगदिश समालको स्वरमा रहेको नयाँ गीत ‘लैजाउँला कान्छी’ को भिडियो रिलीज भएको छ।
विधान कार्कीद्वारा निर्देशित यस गीतको भिडियोमा लोकप्रिय अभिनेता आर्यन सिग्देलले नायिका नम्रता सापकोटासँग जोडी बाँधेका छन्। हरि सुजीको शब्द सृजना रहेको यस गीतमा पूर्ण लामिछानेले संगीत भरेका छन्। दीपक एम सिंहको कोरियोग्राफी रहेको भिडियोका छायाँकार हरि हुमागाईं हुन् भने बिकास दाहालको सम्पादन रहेको छ।
भिडियो :