मधेशको दोस्रो जित, लुम्बिनी स्तब्ध

काठमाडौँ - प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा मधेश प्रदेशले लगातर दोस्रो जित निकालेको छ। पहिलो खेलमा प्रदेश १ लाई हराएको मधेशले दोस्रो खेलमा लुम्बिनी प्रदेशलाई ९२ रनले स्तब्ध पारेको हो।

मधेशले दिएको २६० रनको लक्ष्य पन्छाएको लुम्बिनी ४९.१ ओभरमा १६७ रनमा समेटियो। उसका बिशाल विक्रम केशीले सर्वाधिक ३४ र कृष्ण कार्कीले ३१ बनाएका थिए।

मधेशका प्रदीप पासवान र राजेश यादवले समान ३/३ र हरिशंकर शाहले २ विकेट लिएका थिए। त्यसअघि मूलपानी मैदानमा  टस हारेर ब्याटिंगको निम्ता पाएको मधेसले ४८.४ ओभरमा अलआउट हुदैं २५९  बनाएकोे थियो।

जसमा हरिशंकर शाह,अनिल शाह र सन्तोष कार्कीले  अर्धसतकीय पारी खेले। हरिशंकरले ७६,अनिल र सन्तोषले ५०/५० रन बनाएका थिए।

लुम्बिनीका लागि कृष्ण कार्कीले ३ र अनिल खरेलले २ विकेट लिएका थिए।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×