छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । खोटाङको साकेला गाउँपालिका–१ बाँझेस्थित सडकमा प्रदेश २–०१–००१ त २०१५ नम्बरको ट्याक्टर मंगलबार दिउँसो अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका–१ बस्ने २१ वर्षीय जिवन देउजाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अर्का १ जनालाई उपचारको लागि घोपा अस्पताल धरान रेफर गरिएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

झापाको गौरादह नगरपालिका–१ सितापुरी चोकस्थित सडकमा बा. ७० प १८१ नम्बरको मोटरसाइकल र मे. ६ प ५८१ नम्बरको मोटरसाइकल मंगलबार साँझ एक आपसमा ठक्कर खाई दुर्घटना हुदाँ बा. ७० प १८१ नम्बरको मोटरसाइकल चालक कमल गाउँपालिका–५ बस्ने २४ वर्षीय सन्जोक भण्डारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको निम्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मे. ६ प ५८१ नम्बरको मोटरसाइकल चालकलाई निम्स अस्पताल दमक हुँदै थप उपचारको लागि बिर्तासिटि अस्पताल बिर्तामोड रेफर गरिएको छ।

काठमाडौं महानगरपालिका–४ शंखपार्कस्थित सडकमा बा.प्र.०२–००६ प ८३०६ नम्बरको मोटरसाइकल, बा.प्र.०२–०३४ प ३९७२ नम्बरको मोटरसाइकल र बा. ६३ प ८६०१ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुदाँ बा.प्र.०२–००६ प ८३०६ नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोक घर भएका ४० वर्षीय पुरत गुरूङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका १ जनाको चिरायू अस्पताल वसुन्धारामा उपचार भइरहेको छ । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कञ्चनपुरको भिमदत्त नगरपालिका–४ हाइवे सिचाइ कार्यालयस्थित सडकमा यूके ०३ ए ९०३४ नम्बरको मोटरसाइकल गाईसँग ठोक्किएर मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक भारत चम्फावत मिनाबजारबस्ती बनबासा बस्ने ३० वर्षीय चाँद पुरैसिको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

यसैगरी कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ चाँदनीस्थित सडकमा यूके ०६ बिएच ४८७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा हाल नाम, थर, वतन नखुलेका करिब ३५ पुरुष व्यक्तिको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको दोधारा चाँदनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका अर्का १ जनालाई सोही अस्पताल हुँदै महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा थप उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×