नेपाली परम्परा अनुसार एक जोडीले गरे लण्डनको किंस्टन प्यालेसमा इङ्गेजमेन्ट

काठमाडौँ - नेपाली एक जोडीले नेपाली परम्परा र सांस्कृतिक रीतिरीवाज अनुसार बेलायतको शाही किंस्टन प्यालेस लण्डनमा इङ्गेजमेन्ट गरेका छन्। नेपाली शैलिमा किंस्टन प्यालेसमा भव्य तरिकाले इङ्गेजमेन्ट गर्ने सुष्मा शर्मा र विकास नेपालको पहिलो जोडी हुन सक्ने जनाइएको छ। नेपाली परम्पराको जगेर्ना गर्दै उनिहरुले नेपाली पहिरन, पञ्चेबाजा र रथको समेत प्रयोग गरेका छन्।

किंस्टन प्यालेसमा इङ्गेजमेन्ट गर्नु साह्रै महँगो र सामान्य कुरा नभएको त्यहाँका नेपालीहरुले बताउने गरेका छन्। यसरी बिबाह भन्दा अगाडी गरिने इङ्गेजमेन्टमा ५० हजार पाउण्ड भन्दा बढी खर्च गरिएको अनुमान गरिएको छ।

यो जोडीले इङ्गेजमेन्टमा प्रयोग गरेको पहिरन नेपालबाट झिकाइएको हो। यो पहिरनलाई ‘द कृष्माज ब्राइडल कर्टर’ले निर्माण गरेको हो। यसको डिजाइनर कुसुम सिटौला रहेकी छिन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×