साडियो मानेमाथि सेनेगलको आस

काठमाडौँ - जतिबेला बायर्न म्युनिकले जुनमा साडियो मानेलाई अनुबन्ध गरेको थियो, ३२ पल्टको च्याम्पियनलाई राम्रोसँग थाहा थियो, यी खेलाडी राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै मञ्चका विजेता हुन्। लिभरपुलका लागि इंग्लिस प्रिमियर लिग जितेका मानेले सेनेगलका लागि सन् २०२२ को अफ्रिकी कप अफ नेसन्स पनि चुमेका छन्।

सेनेगलले जितेको यो पहिलो ठूलो उपाधि थियो। मानेले यो सफलता लिभरपुलका आफ्नै साथी खेलाडी इजिप्टका मोहमद सलाहविरुद्ध प्राप्त गरेका थिए। त्यसैले उनी लगातार दोस्रो पल्ट अफ्रिकी वर्ष खेलाडी भए। बालोन डी’अरमा भने उनी दोस्रो स्थानमा रहेका थिए। उनकै नेतृत्वमा सेनेगल विश्वकपका लागि पनि छनोट भयो, त्यो पनि फेरि इजिप्टविरुद्ध नै।

लिभरपुल छाडेर बायर्न गएका मानेको अबको ध्यान विश्वकपमा हुनेछ भने देशका १ करोड ८० लाख जनसंख्याको नजर भने उनैप्रति हुनेछ। बायर्न जानु ३० वर्षीय मानेका लागि आफ्नो भूमिका अझ बढाउनु नै थियो। सेनेगलका लागि उनी प्रमुख खेलाडी हुन्। बायर्नमा भने उनी धेरै आक्रमणका विकल्पमध्ये एक हुन्।

सेनेगेली समर्थकलाई विश्वास छ, बायर्नको जुन जित निकाल्ने संस्कृति छ, त्यसलाई मानेले सेनेगली टिममा पनि सार्नेछन्। सेनेगल अफ्रिकाको त्यस्तो च्याम्पियन देश हो, जसले विश्वस्तरमा भने प्रायः कमै मात्र उपलब्धि छोएको छ। सेनेगल अहिलेसम्म पनि विश्वकपको सेमिफाइनल पुगेको छैन।

३ अफ्रिकी देश (क्यामरुन, सेनेगल र घाना) ले विश्वकपको अन्तिम ८ को यात्रा तय गरेका छन्। यसपल्ट सेनेगल बलियो स्थितिमा छ, सेमिफाइनल पुग्न नसक्ने बानी तोड्ने छ। कतार विश्वकपलाई लिएर मानेले भनेका छन्, ‘सेनेगल उपाधिको प्रत्याशी होइन, किनभने अरू धेरै बलिया टिम छन्, तर हामी कतारमा आफूले सक्दो खेलेर देखाउन जाँदैछौं।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×