काठमाडौं - नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरु ट्राभल्स लिमिटेड तथा नेपालको इन्स्योरेन्स क्षेत्रकै विशिष्ट र सशक्त बिमा कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडबीच व्यवसायिक सहकार्य सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको सहायक महाप्रबन्धक रामजी ढकाल तथा गुरु ट्राभल्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नवराज धरेलबाट हस्ताक्षरित सहमतिपत्र शुक्रबार आयोजित एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरियो ।
सहमतिपत्रमा उल्लेख भए बमोजिम सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका कर्मचारी तथा ग्राहकहरुलाई गुरु ट्राभल्स लिमिटेडले विभिन्न ट्राभल प्याकेजहरुमा १० हजार रुपैंयाँसम्मको स्पेशल डिस्काउण्टका साथै अन्य विभिन्न आकर्षक सुविधाहरु उपलब्ध गराउनेछ । यस्तै गुरु ट्राभल्स लिमिटेडका कर्मचारी एवम् ग्राहकहरुले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड बाट सहजरुपमा ट्राभलबिमा प्राप्त गर्ने तथा अन्य बिमाहरुको हकमा १० प्रतिशतसम्मको स्पेशल कर्पोरेट डिस्काउण्ट प्राप्त गर्ने जनाइएको छ । गुरु ट्राभल्स लिमिटेडका ग्राहकहरुले एकै स्थानबाट ट्राभलबिमा खरिद गर्न पाउने तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ले आफ्ने ट्राभल्स पार्टनरकोरुपमा सेवा लिने सहमति भएको छ ।
सामाजिक अभियानहरु तथा संस्थागत सामाजिक क्रियाकलापहरुमा आपसी सहकार्य गरी समन्वयात्मक ढंगबाट गर्ने गराउने पनि सहमति भएको छ । गुरु ट्राभल्स लिमिटेड २०२२ मा स्थापना भएको नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी हो र यसले एकल स्थानबाट सबै पर्यटन उत्पादनहरू प्रदान गर्छ । आफ्नो समर्पित टोलीसँग, यसले आफ्नो ३६५ दिन सेवा मार्फत १२,००० भन्दा बढी आदरणीय ग्राहकहरूलाई सेवा प्रदान गरिसकेको छ। यसले आफ्नो अत्याधुनिक विधि र पद्धति प्रयोग गरी यात्राका लागि विशेषज्ञ सल्लाह प्रदान गर्दैआएको छ ।
कार्यक्रममा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक श्री रामजी ढकालले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गर्दै यस व्यावसायिक सहकार्यबाट गुणस्तरीय सेवा प्रदान गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।