सरकार उल्टो बाटो हिँड्यो भन्दै गगन थापा गरे टिकटक बन्दको विरोध

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले टिकटक बन्द गर्ने सरकारको निर्णयको आलोचना गरेका छन्। सामाजिक सञ्जाल फेशबुकमार्फत थापाले सरकारको टिकटक बन्द गर्ने निर्णय उल्टो कदम भएको प्रतिक्रिया दिएका छन्।

सरकारले टिकटक बन्द गर्ने निर्णय गर्ने वित्तिकै उनले सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु गलत भएको भन्दै सरकारलाई यो निर्णय सच्याउनुपर्ने बताए।

उनले लेखेका छन्- टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको छ। सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो।

यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो। यसमा सरकारको नियत ‘अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता’ लाई कुण्ठित गर्ने देखियो। सरकारले यो कदम सच्चाउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×