शुक्रबार देखि हलमा बुद्धि तामाङको ‘चोर र पुलिस’, अजय देवगणको ‘दृश्यम २’

काठमाडौँ - आज (शुक्रबार)देखि नेपालमा २ नयाँ फिल्म प्रदर्शनमा आएका छन्। नेपालको ‘चोर र पुलिस’ र हिन्दी फिल्म ‘दृश्यम २’ रिलिज भएका हुन्।

एक्सन र सामाजिक कथावस्तुमा आधारित फिल्म ‘चोर र पुलिस’ सिंगल स्क्रिनमा मात्र रिलिज भएको छ। आरएल लामा निर्देशित फिल्ममा बुद्धि तामाङ, धीरेन शाक्य, शोभित बस्नेत, कविता राय र जयकिशन बस्नेतको प्रमुख भूमिका रहेको छ।

सिंगल स्क्रिनका दर्शकलाई यो फिल्म रुचिकर हुनसक्छ। कमेडी, एक्सन, रोमान्सजस्ता फिल्मी मसला मिश्रण गरिएको फिल्म मल्टिप्लेक्समा भने रिलिज भएको छैन। अजय देवगण र तब्बु स्टारर बलिउड फिल्म ‘दृश्यम २’ पनि नेपालमा रिलिज भएको छ। क्राइम, ड्रामा र मिस्ट्री विधामा राखिएको फिल्मको लम्बाइ २ घण्टा २५ मिनेट छ।

फिल्ममा अनुसन्धानको एउटा मनमोहक कथा र यसले एक परिवारलाई दिएको चुनौतीको कथावस्तु समावेश छ। नेपाली हलमा अहिले पनि हलिउड फिल्म ‘ब्ल्याक प्यान्थर : वाकाण्डा फरेभर’, नेपालको ‘महापुरुष’, बलिउड फिल्महरु ‘उचाइ’ र ‘कान्तरा’ प्रदर्शन भइरहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×