कोशी प्रदेशका क्रिकेट खेलाडी मिनश थापाको सवारी दुर्घटनामा निधन भएको छ। कोशी प्रदेश क्रिकेट संघका अनुसार थापा दुर्घटनामा परेर ज्यान गुमाएका हुन्।
संघले थापाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा थापालाई कोशी प्रदेशको क्रिकेट विकासमा महत्वपूर्ण योगदान दिने प्रतिभाशाली खेलाडीका रूपमा स्मरण गरिएको छ।
‘मिनश कोशी प्रदेशको क्रिकेट उन्नयनमा निरन्तर सक्रिय र समर्पित खेलाडी हुनुहुन्थ्यो। उहाँको असामयिक निधनले नेपाली क्रिकेट, विशेषगरी कोशी प्रदेशले उज्ज्वल भविष्य बोकेको एक होनहार खेलाडी गुमाएको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।
थापाको निधनप्रति क्रिकेट क्षेत्रका खेलाडी, प्रशिक्षक तथा समर्थकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।