बागलुङमा फरार आठ कैदीबन्दी नियन्त्रणमा, छ जना जबर्जस्ती करणी र दुई जना ज्यान मुद्धाका आरोपी

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले विभिन्न कारागार र बालसुधारगृहबाट फरार भएका आठ जना थुनुवा तथा कैदीबन्दीलाई नियन्त्रणमा लिएको छ। प्रहरी नायब उपरीक्षक वसन्त पाण्डेका अनुसार बालसुधार केन्द्र सराङकोटबाट फरार चार जना र चितवन, पोखरा, म्याग्दी र केन्द्रीय कारागारबाट फरार भएका चार जनालाई पक्राउ गरिएको हो।

पक्राउ परेकामध्ये छ जना जबर्जस्ती करणी मुद्धाका आरोपी र दुई जना ज्यान मुद्धाका आरोपी रहेको जानकारी दिइएको छ। उनीहरूलाई सम्बन्धित कारागारमा पठाउने प्रक्रिया अघि बढाइएको छ। अधिकांश फरारलाई मालढुङ्गा चेकपोष्टमा नियन्त्रणमा लिइएको थियो भने केहीलाई घरबाट समातिएको थियो।

प्रहरीका अनुसार, जेनजी प्रदर्शनका क्रममा कारागारबाट कैदीबन्दी फरार भएका थिए, र फरार रहेका बाँकी कैदीबन्दीलाई नियन्त्रणमा ल्याउने प्रयास जारी छ।

 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×