भारतको एक विद्यालयको लिफ्टमा फसेर एक शिक्षिकाको मृत्यु

काठमाडौँ - विद्यालयको लिफ्टमा फसेर भारतको मुम्बईमा एक शिक्षिकाको मृत्यु भएको छ। उत्तरी मुम्बइस्थित सेन्ट म्यारीज इंगलिस हाइ स्कुलक २६ वर्षीय शिक्षिकाको मृत्यु भएको हो। 

प्रहरीका अनुसार जेनेल फर्नान्डिस दिउँसो करिब १ बजे दोस्रो तलामा स्टाफ रुममा जान छैठौं तलामा पर्खिरहेका थिइन। लिफ्टमा छिर्नेबित्तिकै उनको ढोका बन्द भएको थियो। ‘उनी लिफ्टमा छिर्दा ढोका बन्द भयो र लिफ्ट चल्न थाल्यो, र उनी अड्किइन’,  प्रहरी उपआयुक्त विशाल ठाकुरले भने।

विद्यालयका कर्मचारीले उनलाई मद्दत गर्न पुगेका थिए। उनलाई गम्भीर अवस्थामा लिफ्टबाट बाहिर निकालिएको थियो। उनलाई अस्पताल पुर्‍याउने वित्तिकै चिकित्सकहरूले मृत घोषित गरेका थिए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×