हलिउड फिल्म ‘एक्वामेन २’ बहिस्कारको माग

काठमाडौँ - हलिउड फिल्म ‘पायरेट्स अफ द क्यारेबियन’ स्टार जोनी डेप र उनकी पूर्व पत्नी एम्बर हर्डबीच चलिरहेको हाई प्रोफाइल मुद्दाबारे जोकोही जानकार छन्।

यी दुवै स्टार अहिले पनि मानहानी मुद्दामा अदालत आउजाउ गरिरहेका छन्। मानहानी मुद्दाको फैसला भएको एक महिना बितिसकेको छ। दुवै पक्षको मुद्दामा अदालतले जरिवाना तिर्न भनिसकेको छ। यो मुद्दाको फैसला जोनीको पक्षमा सुनाइएको थियो।

अहिले अभिनेत्री एम्बरका लागि अर्को दुःखको खबर बाहिर आएको छ। सामाजिक सञ्जालमा उनको बहुप्रतिक्षित फिल्म ‘एक्वामेन २’लाई बहिस्कार गर्न माग उठिरहेको छ। अदालतमा मुद्दा चलिरहँदा सामाजिक सञ्जालमा फिल्मले एम्बरलाई निकालेको चर्चा चलेको थियो।

‘यस्तो हल्ला पहिलादेखि नै आइरहेको छ। जुन गलत, संवेदनशील र अनौठो छ। एम्बरको एक दृश्य फिल्मबाट अवश्य नै हटाइएको छ, तर यसको अर्थ यो होइन कि उनलाई फिल्मबाट निकालियो’, एम्बरका प्रवक्ताले भनेका छन्। प्रवक्ताको भनाइले पनि एम्बर अझै पनि फिल्मको हिस्सा भएको प्रष्ट भएको छ। त्यहीकारण फिल्मलाई बहिस्कारको माग चलेको हो।

जोनीलाई घरेलु शोषणको आरोप लागेपछि उनलाई कैयौं चर्चित फिल्मबाट निकालिएको थियो। त्यहीकारण उनी अहिले कुनै प्रोजेक्टको हिस्सामा छैनन्। जोनी कुनै पनि फिल्ममा नजोडिनु र एम्बर ‘एक्वामेन २’मा जोडिनुले जोनीका फ्यान रिसाएका छन्। जसकारण उनीहरुले फिल्म बहिस्कारको आवाज उठाइरहेका छन्।

फ्यानहरूले डीसी सुपर हीरो यूनिभर्सको फिल्म ‘एक्वामेन २’को तीव्र प्रतिक्षा गरिरहेका छन्। तर, एम्बरका कारण फिल्मले सामाजिक सञ्जालमा नकारात्मक टिप्पणीको सामना गरिरहेको छ।

फिल्मको पहिलो संस्करण सन् २०१८ मा रिलिज भएको थियो। फिल्ममा जेसन मोमोआ, एम्बर हर्ड, निकोल किडमेनजस्ता कलाकारको अभिनय रहेको थियो। यही फिल्मबाट एम्बरले लोकप्रियता कमाएकी थिइन्। फिल्म ‘एक्वामेन २’ आगामी २०२३ मार्च १७ मा रिलिज हुँदैछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×