एमाले दशाैँ महाधिवेशन : हिजो राति ९ बजे शुरू हुने भनिएको मतदान आज बिहान ४ बजे शुरू

सौराहा । चितवनमा जारी नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि अहिले मतदान भैरहेको छ । हिजो बिहान ९ बजे सुरु हुने भनिएको मतदान अघि बिहान ४ बजे बल्ल सुरु भएको छ । 

अध्यक्ष केपी ‌ओली, भीम रावल, बिष्णु पौडेल, प्रदीप ज्ञवालीलगायतका नेताहरुले सुरुमै मतदान गरेका छन् । अध्यक्ष पदका दुई प्रत्यासी ओली र रावलले सँगसँगै मतदान गरेका थिए । 

रातभरि मतदानका लागि पर्खिएका प्रतिनिधिहरु अहिले लाइन लागेर मतदान गरिरहेका छन् । मतदान गरिसकेका प्रतिनिधिहरु भने सुत्नका लागि होटल फर्किएका छन् । 

केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली सूचीअनुसार तीन पदाधिकारी पदमा चुनाव भएको हो ।   

अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा भीम आचार्य र टंक कार्की बागी उम्मेदवार बनेका छन् । 

त्यसैगरी भुगोल विधाको प्रदेश १ अन्तर्गत खुला र महिलामा १–१ जना, सुदूरपश्चिममा महिलातर्फ २ जना, दलितमा खुलातर्फ १ जना, थारू खुलातर्फ १ जना, पिछडिएको क्षेत्र खुलातर्फ १ जना र समग्र खुला क्षेत्रअन्तर्गत खुलातर्फ १ जनाले सर्वसम्मत नेतृत्व चयनमा चुनौती दिएका छन् ।

१० पदमा १२ जनाले उम्मेदवारी दिँदै कमिटी सर्वसम्मत बनाउने वर्तमान अध्यक्ष केपी शर्मा ओलीको प्रयासलाई विफल बनाएका हुन् । 

पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष, महासचिव र उपसचिव भने सर्वसम्मत भएको छ । त्यसैगरी भुगोलमा केही प्रदेश, जनवर्गीय संगठन पनि सर्वसम्मत चयन भएको छ । विद्युतीय मतदान सम्पन्न भएको केही समयमै मतपरिणाम सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ । योसँगै मंसिर १० गतेबाट शुरु भएको महाधिवेशन आज सम्पन्न हुनेछ । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×