कैलालीमा हत्याको आरोपमा दुई पक्राउ

कैलाली - कैलालीको धनगढीमा एक व्यक्तिको हत्या गरी फालिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै हत्या आरोपमा पक्राउ गरिएका बाजुराको खप्तड छेडदहका राजेन्द्र बुढा र भूपेन्द्र बुढालाई सार्वजनिक गरेको हो। प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीका अनुसार बुढाद्वयले मिलेर भारतीय नागरिक कुलदीप गुप्ताको हत्या गरेका अनुसन्धानबाट खुलेको बताए।

सोमबार धनगढी उपमहानगरपालिका–५ शिवनगर र जाई जोड्ने सडक छेउको नालीमा भारतको उत्तरप्रदेशस्थित शाहजापुराका अन्दाजी ४२ वर्षीय गुप्ताको शव फेला परेको थियो। गुप्ता धनगढी शिवपुरी धाम नजिक डेरा गरेर बस्दै आएका थिए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×