काठमाडौँ। अहिले सामाजिक सञ्जाल लगायत सञ्चार माध्यमहरू पनि अभिनेता पल शाहको प्रकरणले भरिएको छ। सर्वसाधारण लगायत चलचित्रकर्मीहरू पनि यति बेला आआफ्नो धारणा राखीरहेका छन्। हाल तनहुँ जिल्ला प्रहरीको न्यायिक हिरासतमा रहेका पलको पक्षमा केहि लागेका छन् भने केहि पिडित बालिकाले न्याय पाउनुपर्ने कुरामा जोड दिइरहेका छन्।
हालाई पुर्व मिस नेपाल श्रृंखला खतिवडाले पनि यस बिषयमा प्रतिक्रिया जनाएकी छिन्। उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत नाबालिगसँग यौनसम्बन्ध स्थापित गर्नु अपराध भएको र पिडित नाबालिगलाई आत्मबल बलियो बनाउन पनि सुझाव दिएकी छिन्।
