एमालेको मधेश अधिवेशन असोज २४ र २५ गते

काठमाडौँ । नेकपा एमालेले मधेश प्रदेशमा दुई वटा नारासहित प्रथम अधिवेशन गर्ने भएको छ। जनकपुरधाममा बिहीबार पत्रकार सम्मेलन गरी एमालेले यही असोज २४ र २५ गते हुने प्रदेशको अधिवेशनको नारा र लोगो सार्वजनिक गरेको छ।

एमालेका मधेस प्रदेश अध्यक्ष रामअवतार यादव, पार्टी सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटब्यूरो सदस्यद्वय लिलानाथ श्रेष्ठ र जुली महतोले संयुक्त रुपमा नारा र लोगो सार्वजनिक गरेका हुन्।

एमाले अधिवेशनको नारा ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ नारा राखिएको हो।

०८४ सालको निर्वाचनसम्म यही नारालाई मधेस प्रदेशभर विस्तार गर्ने र यही नाराको वरिपरि मधेसलाई एकताबद्ध गर्ने पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले बताए।

उनकाअनुसार सार्वजनिक गरिएको लोगोले मधेस प्रदेशको सांस्कृतिक एवं धार्मिक विविधिताको सम्मान, उद्योग, कृषि, पर्यटन जस्ता क्षेत्रमा तीब्र विकासको आवश्यक्तालाई उजार गरिएको छ।

जनकपुरस्थित महेन्द्रनारायण निधि सांस्कृतिक केन्द्र भवनमा हुने अधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली आउने कार्यक्रम छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×