पर्साको पटेर्वासुगौलीबाट सालको काठ बरामद

पर्सा - पर्साको पटेर्वासुगौली गाउँपालिका–२ रङ्गपुर खोलाबाट अवैध सालको गोलिया बरामद भएको छ। डिभिजन वन कार्यालय रङ्गपुरको गस्ती टोलीले सालको गोलिया एक थान बरामद गरेको हो।

राष्ट्रिय वन क्षेत्रबाट कटान गरेर साइकलमा लोड गरी ल्याउँदै गरेको अवस्थामा गस्ती टोलीले गोलिया बरामद गरेको थियो। गस्ती टोलीलाई देख्नेबित्तिकै साइकल र काठ छाडी काठ ल्याउने व्यक्ति फरार भएको हुँदा निजको खोजी भइरहेको डिभिजन वन कार्यालय रङ्गपुरले जनाएको छ। बरामद काठ र साइकल कार्यालय राखिएको र थप अनुसन्धान जारी रहेको बताइएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×