काठमाडौँ - क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रयुडेउ युक्रेन पुगेका छन्। उनी आइतबार युक्रेन पुगेको समाचारमा जनाइएको छ।
प्रधानमन्त्री ट्रयुडेउले आइतबार नै युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्किीसँग भेटवार्ता गरेका छन्। उनीहरु बीचमा युक्रेनको पछिल्लो अवस्थाका बारेमा कुराकानी भएको थियो। त्यस अवसरमा क्यानाडाले युक्रेनलाई गर्ने सहायताका बारेमा कुराकानी भएको थियो।
त्यसक्रममा युक्रेनका राष्ट्रपति जेलेन्स्किीले रूसका विरुद्धमा थप नाकाबन्दीका लागि आग्रह गरेका छन्। साथै, राष्ट्रपति जेलेन्स्किीले क्यानाडासँग युक्रेनका लागि थप सैन्य तथा अन्य मानवीय सहायता सामग्रीहरुको माग गरेका छन्।
त्यस अवसरमा क्यानाडाली प्रधानमन्त्रीले युक्रेनका लागि थप सैन्य सहयोग र अन्य आर्थिक सहायतासम्बन्धी प्याकेजको पनि घोषणा गरेका समाचारमा जनाइएको छ।