सी डिभिजन छनोटमा ६० टिम, २० समूहमा बाँडेर खेलाइने

काठमाडौँ - शहीद स्मारक सी डिभिजनमा ६० टिमले प्रतिस्पर्धा गर्ने भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सी डिभिजन छनोटको टाइसिट ड्र गरेको छ। जसमा ६० टिमले प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ।

छनोटका खेलहरु असोज ६ गते बिहीबारदेखि  कात्तिक २४ गतेसम्म सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ। सहभागि टिमलाई २० समूहमा विधाजन गरिएको छ। हरेक समूहमा ३-३ टिम रहेका छन्। समूह चरणको खेलपछि समूह विजेता बन्ने २० टिम नकआउट चरणमा प्रवेश गर्नेछन्।

नकआउट चरणमा २० टिमलाई २ समूहमा विभाजन गरिने एन्फाले जनाएको छ। समूह ‘ए’ देखि ‘जे’ सम्मको विजेता नकआउट चरणको समूह ‘ए’ मा हुनेछन् भने समूह ‘के’ देखि ‘टी’ सम्मको विजेता नकआउट चरणमा समूह ‘बी’ मा हुनेछ। नकआउट चरणमा पराजित हुने टिम सिधै बाहिरिनेछ।

नकआउट चरणको दुबै टिमको विजेता टिम फाइनल प्रवेश गर्नेछन्। फाइनल पुग्ने दुबै टिम ‘सी’ डिभिजनमा बढुवा हुनेछन्। गत असारमा भएको ‘सी’ डिभिजन लिगबाट घटुवा भएका २ टोली वीरगञ्ज युथ एकेडेमी र ओएसिस क्लबले यस पटक ‘सी’ डिभिजन छनोटमा खेल्नेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×