आर्यन खानलाई क्रुज ड्रग्स मुद्दामा क्लिन चिट

काठमाडौँ - मुम्बईको चर्चित क्रुज ड्रग्स केसमा बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले अदालतबाट क्लिन चिट पाएका छन्।

भारतीय सञ्चार माध्यम अनुसार एनडीपीएस अदालतमा शुक्रबार नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले  आरोपपत्र दायर गरेको हो। तर उक्त आरोपपत्रमा आर्यन खानको नाम सामावेश थिएन। ड्रग अन क्रुज मामिलामा शुक्रबार ६ हजार पानाको आरोपपत्र दर्ता गरिएको हो। आर्यनलाई अघिल्लो वर्ष २ अक्टोबरमा पक्राउ गरिएको थियो। अनुुसन्धानपछि आर्यनलाई ६ नोभेम्बरमा जमानत दिइएको थियो। यो मामिलामा आर्यनसहित १९ जनालाई आरोपी बनाइयो। अनुुसन्धानमा आर्यनविरुद्ध कुनै प्रमाण पाउन नसकिएको बताइएको छ। 

एनसीबीका डिडिजी सञ्जय कुमारले आर्यन र मोहकबाहेक सबै आरोपी व्यक्तिमा नशालु पदार्थको प्रभाव पाइएको बताएका छन्। अब १४ जनाविरुद्ध विभिन्न धाराअन्तर्गत मुद्दा दर्ता गरिनेछ। अन्य ६ जनाविरुद्ध प्रमाणको अभावमा उजुरी दर्ता भएको छैन।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×