रोहित शेट्टीले प्रहरीमा आधारित अर्को प्रोजेक्ट गर्ने

भारत। अहिले मनोरञ्जन उद्योगमा चलचित्रसँगै वेब सिरिज बनाउने चलन बढ्दै गएको छ। धेरै कलाकारहरूले ओटिटिका विभिन्न प्लेटफर्महरूमा डेब्यू गरिसकेका छन्। त्यसैगरि केहि निर्माता/निर्देशक पनि ओटिटिबाट वेब सिरिज लिएर आइरहेका छन्। यसैबिच खबर आएको छ की अमजेन प्राइम आफ्नो अर्को एउटा वेब सिरिज लिएर आउँदैछ।

यो रोहित शेट्टीको प्रहरीमा आधारित कथा बोकेको वेब सिरिज हुनेछ। यसका लागि अभिनेता सिद्धार्थ मल्होत्रालाई रोजीएको छ। दुवैले सँगै काम गर्ने खबर निकै पहिलादेखि नै आउन थालेको थियो। खबरका अनुसार रोहित शेट्टीले यसलाई निर्देशन गर्ने छैनन्। उनले सिरिज प्रोड्यूस गर्नेछन् भने सुशवंत प्रकाशले निर्देशन गर्नेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×